आइतबार, भाद्र २८ गते २०८३
images

अञ्जनको दुई गोलमा मनाङको सानदार जित, शीर्ष स्थानमा उक्लियो

एक्सप्रेस पाना
पौष ३, २०७८ शनिबार
  • 468
    SHARES
  • अञ्जनको दुई गोलमा मनाङको सानदार जित, शीर्ष स्थानमा उक्लियो

    पुस ३ पोखरा । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा उपाधिको दाबेदार टोली नेपाल आयल निगम फुटबल क्लब मनाङले सहज जित दर्ता गर्दै शीर्ष स्थानमा फर्किएको छ ।

    images

    शनिबार भएको खेलमा मनाङले घरेलु मैदानको रुपमा बनाएको पोखरा रंगशालामा विभागिए टोली नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    मनाङको जितमा कप्तान अञ्जन बिष्टले २ र निशान लिम्बूले १ गोल गरे । पुलिसका सुमन लामाले एक गोल फर्काए । पहिलो हाफमा दुबै टिमले १-१ गोलको बराबरी खेलेका थिए । खेलको नबौं मिनेटमा पुलिसका गोलकिपर सत्रुघन चौधरीको गल्तिका कारण मनाङले खेलमा अग्रता बनायो ।

    images

    १ गोलले पछि परेको पुलिसको लागि खेलको ३४औं मिनेटमा बराबरी गोल गर्न सफल भयो। त्यसपछि मनाङले खेलको ७३औं मिनेटमा अन्तर २-१ पुर्यायो । उसका लागि अञ्जन विष्टले फ्रिकिकमा उत्कृष्ट गोल गरे । जारी प्रतियोगितामा अञ्जनको यो ब्यक्तिगत दोस्रो गोल हो ।

    खेलको ८२औं मिनेटमा मनाङका लागि निशान लिम्बूले गोल गरि खेलमा ३-१ गोलको जित पक्का गरे । उक्त जितसँगै मनाङले ५ खेलमा ४ जित र १ बराबरीका साथ १३ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । उसले दोस्रो स्थानको मच्छिन्द्रसँग २ अंकको अग्रता बनाएको छ ।