आइतबार, भाद्र २८ गते २०८३
images

यु–१९ महिला साफ च्याम्पियनसिप: भारतलाई रोके नेपाल फाइनलमा

एक्सप्रेस पाना
पौष ४, २०७८ आइतबार
  • 392
    SHARES
  • यु–१९ महिला साफ च्याम्पियनसिप: भारतलाई रोके नेपाल फाइनलमा

    पुस ४ काठमाडौं । सिंगल राउण्ड रोबिनको आधारमा जारी यु–१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतको सामना गर्दैछ । जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतको सामना गर्न लागेको हो । 

    images

    बंगलोदशको राजधानी ढाकामा हुने खेल दिउँसाे ३ बजे सुरु हुनेछ । नेपाललाई प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा पुग्ने अवसर छ ।  नेपालले भारतविरुद्ध बराबरी नतिजा निकाले पनि फाइनल पुग्नेछ । जित हाँसिल गरेमा नेपाल अन्य खेलको भर पर्नुपर्ने छैन् । 

    आइताबार नै बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन् । यस खेलबाट अर्काे फाइनल पुग्ने टोलीको छिनोफानो हुनेछ । 

    images

    प्रतियोगितामा ३ खेलबाट नेपाल र बंगलोदशको समान ७ अंक रहेको छ । यता, भारतको भने ६ अंक छ ।