आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : शेर्पालाई बीबीसीको चुनौती

एक्सप्रेस पाना
पौष ४, २०७८ आइतबार
  • 281
    SHARES
  • ए डिभिजन लिग : शेर्पालाई बीबीसीको चुनौती

    पुस ४ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आज आईतबार एउटा मात्रै खेल हुँदैछ । पाँचौ चरणको तेस्रो दिन हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वार्ईज क्लब बीबीसीको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ पौने ५ बजे शेर्पाले बीबीसीको चुनौती सामना गर्न लागेको हो । 

    images

    शीर्ष डिभिजनको लिगमा  शेर्पा पहिलो जितको खोजीमा छ । २ जित निकालेको र २ बराबर गरेको शेर्पा अन्तिमबाट दोस्रो स्थानमा छ । यता, ब्रिगेड भने दोस्रो जित निकाल्ने दाउमा छ । एक जित, एक हार र दुई बराबरसहित ५ अंक बनाएर आठौं स्थानमा छ । 

    जारी लिगमा शेर्पाले सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । यता, युवा खेलाडीको साथमा भने बीबीसीले  सामान्य प्रदर्शन गरिरहेको छ । 

    images