पुस ४ काठमाडौं । बङ्गलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भारतसँग हार बेहोरेकाे छ ।
आइतबार बङ्गलादेशको राजधानी ढाकास्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपाल भारतसँग १-० गोलले पराजित भएको हो ।
भारतको जितमा प्रियङ्कादेवी नरोरेमले निर्णायक गोल गरिन् । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलकाे ६८औं मिनेटमा अमिशा बश्लाले दिएको पासमा प्रियङ्काले गोल गरेकी थिइन् ।
उक्त हारसँगै नेपाल लगातार दोस्रोपटक फाइनल खेल्ने झिनो आशा कायम रहेको छ । यदि बंगलादेश र श्रीलंकाको सो खेलमा श्रीलंकाले बंगलादेशलाई हराएको खण्डमा मात्र नेपालको फाइनल पुग्ने मौका हुनेछ ।


