आइतबार, भाद्र २८ गते २०८३
images

'ए' डिभिजन लिग : हिमालयन शेर्पाको पहिलो जित

एक्सप्रेस पाना
पौष ४, २०७८ आइतबार
  • 269
    SHARES
  • 'ए' डिभिजन लिग : हिमालयन शेर्पाको पहिलो जित

    पुस ४ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आइतबार हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरुद्ध ३-१ को जित निकाल्दै पहिलो जित निकालेको छ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एक मात्रै खेलमा शेर्पाको जितमा विदेशी खेलाडी मुतम्बा पिस्टोन, सुरेश कुमाल र मनिष थापाले एक/एक गोल गरे । बीबीसीका  लागि भुवन बस्नेतले सान्त्वना गोल गरे । 

    हिमालयन शेर्पाका मिडफिल्डर मुतम्बा पिस्टोनिले पाँचौं मिनेटमा अग्रता बनाए । ५३औं मिनेटमा बिग्रेडका भुवन बस्नेतको गोल  बराबरी गोल गरे । ७५औं मिनेटमा सुरेश कुमालले हिमालयन शेर्पाको अग्रता दोब्बर पारे । खेलको इन्जुरी समयमा गोल गर्दै ३-१ को जित दिलाए ।

    images

    उक्त जितसँगै हिमालयन शेर्पाले पाँच खेलबाट पाँच अंक जोड्यो । समान पाँच खेलबाट बीबीसीले पाँच अंक जोडेको छ ।