आइतबार, भाद्र २८ गते २०८३
images

सानदार जितसँगै शीर्ष स्थानको सिटीलाई स्पष्ट तीन अंकको अग्रता

एक्सप्रेस पाना
पौष ५, २०७८ सोमबार
  • 238
    SHARES
  • सानदार जितसँगै शीर्ष स्थानको सिटीलाई स्पष्ट तीन अंकको अग्रता

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडविरुद्धको सानदार जितसँगै म्यानचेष्टर सिटीले स्पष्ट ३ अंकको अग्रता बनाएको छ ।

    images

    आइतबार रातिको खेलमा सिटीले घरेलु टोली न्युक्यासललाई ४-० अन्तरले पराजित गरेकाे हाे । जेम्स पार्कमा पाहुना टोली सिटीको जितमा रुवेन डियस, जोआओ कनसेलो, रियाद माहरेज र रहीम स्टर्लिङले १/१ गोल गरे । 

    पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा थप २ गोल गर्‍याे । सुरुवातबाटै खेलमा पकड बनाएको सिटीले कुनै पनि समय घरेलु टोली न्यक्यासललाई दबाब बनाउँन दिएन । 

    images

    खेलको पाँचौ मिनेटमा रुवेनले अग्रता बनाए । २७औं मिनेटमा कनसेलोले २-० को दोब्बर अग्रता बनाए । मारेजले ६४ औं मिनेटमा गोल गर्दै सिटीलाई सहज स्थितीमा पुर्याए भने स्टर्लिङले ८६ औं मिनेटमा गोल गर्दै ४-० अन्तरको जित दिलाए । 

    उक्त जितसँगै सिटीले शीर्षस्थानको उपाधि दौडमा रहेका लिभरपुल र चेल्सीसँग ३ अंकको अग्रता बनाएको छ । १८ खेल सकिँदा सिटीले ४४ अंक बनाएको छ भने लिभरपुल ४१ र चेल्सी ३८ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

    आइतबार राति भएको खेलमा चेल्सी उल्भ्ससँग गोल रहित र लिभरपुल टोटनहमसँग २-२ गोलको बराबरीमा रोकियो ।