शुक्रबार, भाद्र २६ गते २०८३
images

चारजना पूर्वमाओवादी नेताको मुद्दा आनन्दमोहन भट्टराईको इजलासमा 

एक्सप्रेस पाना
श्रावण १५, २०७८ शुक्रबार
  • 414
    SHARES
  • चारजना पूर्वमाओवादी नेताको मुद्दा आनन्दमोहन भट्टराईको इजलासमा 

    काठमाडौँ । चार पूर्वमाओवादी सांसदहरूले पद पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दाको पेसी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । उक्त रिट निवेदनमाथि शुक्रवार न्यायाधीश भट्टराईको इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।  

    images

    पूर्व माओवादी नेताहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीले दायर गरेको रिट निवेदन शुक्रवार न्यायाधीश भट्टराईको एकल इजलासमा राखिएको छ ।

    उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।आफूहरू एमालेमा प्रवेश नगरेको अवस्थामा पार्टीले कारबाही गरेको भन्दै उनीहरूले बुधवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

    images