आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : फ्रेण्ड्स र एपीएफ भिड्दै

एक्सप्रेस पाना
पौष ५, २०७८ सोमबार
  • 272
    SHARES
  • ए डिभिजन लिग : फ्रेण्ड्स र एपीएफ भिड्दै

    पुस ५ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत पाँचौं चरणको अन्तिम खेलमा आज फ्रेण्ड्स क्लब र विभागीय टोली एपीएफ फुटबल क्लब रेलिगेशन जोनमा छन् । फ्रेण्ड्स २ र एपीएफ १ अंकसहित क्रमश : १३ औँ र १४औँ स्थानमा छन् । 

    images

    सोमबार दशरथ रंगशालामा भिड्दै गर्दा दुबै टोलीको लक्ष्य ३ अंक हुनेछ । दुबै टोली तीन अंक लिँदै रेलिगेशन जोनबाट उम्कने दाउँमा हुनेछन् । यदि बराबरीले भने सोही स्थानमा रहनेछन् ।

    खेल दिउँसो १ बजे सुरु हुनेछ । जारी लिगमा ५ खेलबाट १३ अंक बनाएको मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ । ११ अंकको मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा छ। 

    images