शुक्रबार, भाद्र २६ गते २०८३
images

 ठाकुरको रिट निवेदन आज सर्वोच्चमा सुनुवाइ हुने 

एक्सप्रेस पाना
श्रावण १५, २०७८ शुक्रबार
  • 322
    SHARES
  •  ठाकुरको रिट निवेदन आज सर्वोच्चमा सुनुवाइ हुने 


    काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ। सुनुवाइका लागि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिएको छ।

    images

    साउन १० गते न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा दुवै पक्षलाई छलफलका लागि आज पेशी तोकेको थियो ।

    निर्वाचन आयोगले दलको आधिकारिकताका लागि बहुमत कार्यकारिणी परीक्षण गर्नका लागि हेड काउन्ट गर्ने निर्णय विरुद्ध ठाकुरले सर्वोच्च अदालत गुहारेका थिए।

    images

    निर्वाचन आयोगले भने साउन ११ गते जसपा विवादमा फैसला गर्दै उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिइसकेको छ।