आइतबार, भाद्र २८ गते २०८३
images

एभीसी सेन्ट्रल जोन : नेपालले महिलातर्फ श्रीलंका र पुरुषतर्फ उज्वेकिस्तानसँग खेल्ने

एक्सप्रेस पाना
पौष ५, २०७८ सोमबार
  • 227
    SHARES
  • एभीसी सेन्ट्रल जोन : नेपालले महिलातर्फ श्रीलंका र पुरुषतर्फ उज्वेकिस्तानसँग खेल्ने

    पुस ५ काठमाडौं । बंगलादेशको राजधानी ढाकामा हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) एसियन सिनियर सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

    images

    सार्वजनिक खेल तालिका अनुसार नेपाली महिला टोलीले ८ पुसमा श्रीलंकासँग र पुरुष टोलीले सोही दिन उज्वेकिस्तानसँग खेल्दै च्याम्पियनसिपको सुरूवात गर्नेछन् । 

    ९ पुसमा महिला टोलीले माल्दिभ्स र पुरुष टोलीले बंगलादेशसँग खेल्नेछ । १० पुसमा महिला टोलीले बंगलादेश तथा पुरुष टोलीले माल्दिभ्ससँग खेल्नेछ । 

    images

    ११ पुसमा महिला टोलीले उज्वेकिस्तानसँग खेल्दा पुरुष टोलीले अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ । १२ पुसमा महिला टोलीले अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

    लिगकम नकआउट चरणपछि पुरुष र महिलामा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । तेस्रो र चौथोले १३ पुसमा तेस्रो र चौथो स्थानको लागि खेल्नेछ । १४ पुसमा पुरुष र महिलाको फाइनल खेल हुनेछ । 

    नेपाली दुबै टोली ढाका आज (सोमबार) प्रस्थान गर्दै छ । पुरुष टोलीको मुख्य प्रशिक्षकमा हान एविङ रहेका छन् भने महिला तर्फ जगदिश भट्ट छन् । 

    १२ सदस्यीय पुरुष टोली
    इमबहादुर राना (कप्तान), हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरिबहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, विशाल विक, सरन सामरी क्षेत्री र विनोद चन्द

    १२ सदस्यीय महिला टोली
    अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ र कृपा अधिकारी