सोमबार, कार्तिक १७ गते २०८३
images
images

भारतमा ओमिक्रोन संक्रमितको संख्या २०० पुग्यो

एक्सप्रेस पाना
पौष ६, २०७८ मंगलबार
  • 294
    SHARES
  • भारतमा ओमिक्रोन संक्रमितको संख्या २०० पुग्यो

    पुस ६ काठमाडौं । भारतामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट २०० जना संक्रमित भएका छन् । ती मध्ये ७७ जना विदेशबाट आएको त्यहाँको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै अर्थात ५४ जना भेटिएका छन् । 

    images

    त्यस्तै, तेलंगना र कर्नाटकमा क्रमशः २० र १९ जना संक्रमित देखिएका छन् भने राजस्थानमा १८ जना  संक्रमित भेटिएका छन् । त्यसैगरी, केरला र गुज्रातमा क्रमशः १५ र १४ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जनाएको छ । 

    यसैबीच, भारतमा पछिल्लो २४ घन्टामा पाँच हजार ३२६ जनामा कोभिड संक्रमण भएको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा ४५३ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोभिडबाट चार लाख ७८ हजारको मृत्यु भएको छ । भारतमा अझै पनि ७९ हजार सक्रीय संक्रमित छन् । यो अहिलेसम्मकै न्यून संख्या हो । 

    images