आइतबार, भाद्र २८ गते २०८३
images

सहज जितसँगै युभेन्ट्स पाँचौ स्थानमा

एक्सप्रेस पाना
पौष ७, २०७८ बुधबार
  • 362
    SHARES
  • सहज जितसँगै युभेन्ट्स पाँचौ स्थानमा

    एजेन्सी । इटालियन सिरी फुटबलमा युभेन्ट्सले रेलिगेशन जोनको कागलीयरीलाई पराजित गर्दै पाँचौ स्थानमा उक्लिएको छ ।

    images

    सिजनको सुरुवातमा खराब प्रदर्शन गरेको युभेन्ट्सले पाँचौ स्थानमा उक्लन मंगलबार कागलीयरीलाई २-० अन्तरले पराजित गरेकाे हाे ।

    खेलको ४०औं मिनेटमा मोइस केयनले गोल गर्दै एलिएन्ज मैदानमा युभेन्ट्सलाई अग्रता दिलाए । खेल सकिँन ७ मिनेट अघि फेडेरिकोले गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए ।

    images

    उक्त जितसँगै युभेन्ट्स १९ खेलबाट ३४ अंक जोड्दै पाँचौ स्थानमा उक्लियो । पराजित कागरियरी भने समान खेलबाट १० अंक सहित रेलिगेशन जोनको १९औँ स्थानमा छ । गय राति नै भएको खेलमा जिनोआ र एटलान्टाले गोलरहीत बराबरी खेले ।