आइतबार, भाद्र २८ गते २०८३
images

१० खेलाडीमा सिमित सेभिल्लासँग बार्सिलोना बराबरीमा रोकियो

एक्सप्रेस पाना
पौष ७, २०७८ बुधबार
  • 349
    SHARES
  • १० खेलाडीमा सिमित सेभिल्लासँग बार्सिलोना बराबरीमा रोकियो

    एजेन्सी । स्पेनीस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना १० खेलाडीमा सीमित सेभिल्लासँग बराबरीमा रोकिएको छ । 

    images

    मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली सेभिल्लसँग १-१ गोलको बराबरीमा रोकिँदै अंक बाँडन बाध्य भएको हो । खेलमा अग्रता एलेजान्द्रो गोमेजको गोलमा सेभियाले ३२औं मिनेटमा बनायो । उनले पूर्वबार्सिलोनाका खेलाडी इभान राकिटिकको पास सदूपयोग गरे । 

    त्यस्तै खेलको ४५औं मिनेटमा औसमाने डेम्बेलेको पासमा रोनाल्ड अरौजोले गोल गर्दै पाहुना टोली बार्सिलोनालाई बराबरीमा अवस्थामा ल्याए ।  त्यसपछि खेलको ६४औं मिनेटमा घरेलु टोली सेभिल्ला १० खेलाडीमा सिमित भयो । उसका जुल्स कोउन्डेले सिधै रातो कार्ड ब्यहोरेका थिए । 

    images

    पछिल्लो समय बार्सिलोनाले खराब प्रदर्शन गरिरहेको छ भने सेभिल्ला भने उच्च प्रदर्शन गर्दै उपाधि दाबेदारी प्रस्तुती दिरहेको छ । 

    उक्त बराबरीसँगै सेभिल्ला १८ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ । यता, बार्सिलोना समान खेलबाट २८ अंकसहित सातौं स्थानमा छ । गय राति नै भएको भिल्लारियलले डिपोर्टिभो अलाभेसलाई ५-२ अन्तरले पराजित गरेको छ ।