आइतबार, भाद्र २८ गते २०८३
images

क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग

एक्सप्रेस पाना
पौष ७, २०७८ बुधबार
  • 230
    SHARES
  • क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग

    मंसिर ७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का ६ बोर्ड सदस्यले ४ खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ६ बोर्ड सदस्यले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई छ महिना सेन्ट्रल कन्ट्याक्टबाट बाहिर राख्ने क्यानको निर्णय फिर्ता लिन माग गरेको हो । 

    images

    यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रलाई पदमुक्त गर्दै २०२१ को सुरुआती ६ महिना केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय लिएको थियो । यस्तै क्रिकेट टोलीको कप्तानीमा सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो । 

    "नेपाल क्रिकेट संघ विधि र पद्धतिअनुसार चलोस्, आर्थिक कारोबारलगायत विधानमा उल्लेख भएअनुसार पारदर्शी ढंगले कार्ययोजनाअनुसार सञ्चालन होस् भन्ने हाम्रो मान्यता हो । यदि संघमा त्यसो हुन सकेको छैन भने सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षणसमेत गराउँदछौ ।

    images

    साथै नेपालमा सञ्चालन भएको ट्राई नेसन टी-२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरूलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं," तीन पानाको लामो विज्ञप्तिमा भनिएको छ । 

    कारबाही माग गर्ने ६ सदस्य : 
    ऋषिराम गौतम, केन्द्रीय सदस्य
    अमितवीर पाण्डे, केन्द्रीय सदस्य 
    करन महतारा, केन्द्रीय सदस्य 
    मोहम्मद दाउद अन्सारी, केन्द्रीय सदस्य 
    सञ्जयराज सिंह, केन्द्रीय सदस्य
    छुम्बी लामा, केन्द्रीय सदस्य (राखेप प्रतिनिधि)