आइतबार, भाद्र २८ गते २०८३
images

साफ यु–१९ को उपाधि बंगलादेशलाई

एक्सप्रेस पाना
पौष ८, २०७८ बिहीबार
  • 223
    SHARES
  • साफ यु–१९ को उपाधि बंगलादेशलाई

    पुस ८ काठमाडौं । आयोजक बंगलादेशले लगातार दोस्रो पटक यु–१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ ।ढाकामा भएको फाइनल खेलमा बंगलादेशले भारतलाई १–० ले पराजित गर्दे घरेलु भूमिमा उपाधि जितेको हो । 

    images

    यसअघि भुटानमा भएको यु–१८ साफमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो । त्यसपछिको संस्करण कोरोना भाइरसका कारण हुन नसकेपछि साफले यु–१९ साफ प्रतियोगिता गरेको हो । 

    बंगलोदशको जितमा मोगिनीले ८०औं मिनेटमा निर्णायक गोल गरिन् । खेलमा दुबै टोलीले केहि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा ५ टोलीको सहभागीता रहेको थियो । 

    images

    बंगलादेश विजेता हुँदा भारत उपविजेतामा सिमित रह्यो । यता, नेपाल तेस्रो स्थानमा रहँदा भुटान चौथो रह्यो भने श्रीलंका पुछारमा रह्यो ।