एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थामा रहेको रियल मड्रिडले फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमाको २ गोलको मद्यतमा आफ्नो १४औँ जित दर्ता गरेको छ । बुधबार राति भएको खेलम रियलले एथ्लेटिको बिल्बाओलाई उसैको मैदानमा २–१ गोलले हराएको हो ।
सान मामस बरियामा भएको खेलमा पाहुना टोली रियलको जितमा बेन्जेमाले दुई गोल गरे । बिल्बोका ओहन सनसेटले एक गोल फर्काए । खेलको चौथो मिनेटमा नै बेन्जेमाले टोनी क्रुसको पासमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसको तीन मिनेटपछि नै बेन्जेमाले दोस्रो गोल गरे । उनको गोलमा रियलले आफ्नो अग्रता दोब्बर बनाएको थियो । १०औँ मिनेटमा बिल्बाओका सनसेटले गोल गरेपछि घरेलु टोलीले खेलमा फर्किने प्रयास गरेको थयो । तर बाँकी समय गोल नहुँदा रियल २–१ गोलले विजयी भयो ।
उक्त जितसँगै शीर्ष स्थानको रियलले १९ खेलमा ४६ अङ्क जोडेको छ । ऊ दोस्रो स्थानको सेभिल्लाभन्दा आठ अङ्कले अगाडि छ । यता पराजित बिल्बाओ भने २४अङ्कका साथ १०औँ स्थानमा छ ।


