आइतबार, भाद्र २८ गते २०८३
images

पीएसजी बराबरीमा रोकियो, रामोसलाई रातो कार्ड

एक्सप्रेस पाना
पौष ८, २०७८ बिहीबार
  • 547
    SHARES
  • पीएसजी बराबरीमा रोकियो, रामोसलाई रातो कार्ड

    एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा पीएसजीले लोरिएन्तसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।

    images

    पहिलो हाफमा १-० गोल अन्तरले पछि परेको पीएसजीलाई माउरो इकार्डीले खेलको अन्तिम समयमा गोल गर्दै हारबाट जोगाए । उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । लोरिएन्तको लागि थोमस मोन्कोन्डूइटले गोल गरेका थिए ।

    खेलको ४०औं मिनेटमा घरेलु टोली लोरिएन्तले अग्रता लिएको थियो । त्यस्तै खेलको ८६औं मिनेटमा पाहुना टोलीका रामोस दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भयो ।

    images

    उक्त बराबरीपछि शीर्षस्थानमा रहेको पीजसजीको १९ खेलबाट ४६ अंक भएको छ । १९औं स्थनमा रहेको लोरिएन्तको १६ अंक छ ।