आइतबार, भाद्र २८ गते २०८३
images

एसियन सिनियर सेन्ट्रल जोन प्रतियोगिता आजदेखि

एक्सप्रेस पाना
पौष ८, २०७८ बिहीबार
  • 214
    SHARES
  • एसियन सिनियर सेन्ट्रल जोन प्रतियोगिता आजदेखि

    पुस ८ काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिता आजदेखि बङ्गलादेशमा हुँदैछ । बङ्गलादेशको ढाकामा हुने प्रतियोगितामा नेपालको महिला र पुरुष टोलीले खेल्ने छन् ।

    images

    नेपालको महिला टोलीले पहिलो खेलमा आज श्रीलङ्कासँग खेल्नेछ । खेल बिहान सवा ११ बजे हुनेछ । यस्तै पुरुष टोलीले बेलुका पौने ५ बजे आयोजक बङ्गलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।