पुस ८ काठमाडौं । आजबाट बंगलादेशको राजधानी ढाकामा सुरु हुने एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज प्रतियोगिताको पहिलो दिनको खेलमा नेपाली महिला टोलीले श्रीलंकामाथि पुनरागमन जित निकालेको छ।
पहिलो र दोस्रो सेट गुमाईसकेको नेपाल त्यस पछि लगातार तिन सेट जित निकालेको हो । पहिलो सेट र दोस्रो सेट २५-१९ र १५-२१ ले गुमाएको नेपालले त्यस पछि १५-२५,१९-२५ र १३-१५ ले सेट जित्दै समग्रमा खेल जित्यो ।
आज नै साझ ४:४५ बजे नेपाली पुरुष टोलीको पहिलो भेट आयोजक राष्ट्रसॅंग हुने छ। पुरुषमा आयोजक बंगलादेश, नेपाल, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ नेपाल साविक विजेता हो । पुरुषतर्फ नेपाल समूह चरणबाट बाहिरिएको थियो ।


