शुक्रबार, भाद्र २६ गते २०८३
images

अब नेपाललाई पार्टीमा पर्खिन नसक्ने ईश्वर पोखरेलको भनाई  

एक्सप्रेस पाना
श्रावण १५, २०७८ शुक्रबार
  • 430
    SHARES
  • अब नेपाललाई पार्टीमा पर्खिन नसक्ने ईश्वर पोखरेलको भनाई  

    काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले झलनाथ खनाल र माधव नेपाल पक्षलाई लामो समयसम्म कुर्न नसकिने बताएका छन्। पार्टी भित्रको विवाद समाधानका नाममा अनन्तकालसम्म कसैलाई पनि पर्खिन नसकिने उनले बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आज आयोजित कार्यक्रममा पोखरेलले आज साँझसम्म आन्तरिक विवाद समाधान हुने अपेक्षा रहेको बताए।

    images

    ‘अधिकतम कोशिष गर्ने नाममा यो अनिश्चिततालाई अनन्तकालसम्म लम्ब्याउनु हुँदैन। देशभरका नेता कार्यकर्ताहरूले व्यक्त गर्नु भएको धारणामा हामी टुंगोमा पुग्छौं,’ उनले भने, ‘विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव दुवैतर्फका साथीहरूले नेतृत्वसँगको परामर्शमा तयार पारेर अनुमोदन गरेपछि अरू प्रस्ताव दिनहुँ सार्वजनिक हुँदा यसले पार्टी एकता हुने वातावरण बनाउन सक्दैनौँ। 

    आन्तरिक  कार्यदलले तयार पारेको प्रस्तावमा टेकेर अगाडि बढ्नु पर्नेमा उनको जोड छ। पार्टी एकताका लागि विधान र पद्धतिभित्र बसेर सहमतिको अधिकतम प्रयास गरिने उनले स्पष्ट पारे। नेपाल पक्ष आज साँझसम्म सहमतिमा नआएर शनिवार बस्ने पार्टीको स्थायी समिति बैठकले आवश्यक निर्णय लिने पोखरेलले चेतावनी दिए। उनले भने, ‘भोलि बस्ने स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ।’

    images

    उनले बैठकबाटै अव कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बताए। ‘खास गरी महाधिवेशनका कुरा छन्, त्यसभन्दा पहिले विधान महाधिवेशन गर्नुपर्ने कुरा छ। तलका कमिटीहरूलाई व्यवस्थित बनाउने र सदस्यताका कुरालाई व्यवस्थित गर्ने कुराहरू छन् त्यसमा पार्टीले निर्णय गर्नेछ । पोखरेलले बताए ।