आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : एपीएफ र एनआरटी तथा पुलिस र फ्रेण्ड्स भिड्दै

एक्सप्रेस पाना
पौष ९, २०७८ शुक्रबार
  • 510
    SHARES
  • ए डिभिजन लिग : एपीएफ र एनआरटी तथा पुलिस र फ्रेण्ड्स भिड्दै

    पुस ९ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आजबाट छैटौँ चरणको खेलहरु हुँदैछ । आज हुने खेलमा विभागीय टोली एपीएफ फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजे र अर्को साझ पौने ५ बजे सुरु हुनेछ । पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । 

    एपीएफ ५ खेलमा ४ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एनआरटीलाई हराएर एपीएफ अंक तालिका सुधार गर्ने योजनामा छ । एनआरटी ५ खेलमा ६ अंक जोडेर सातौं स्थानमा  छ । एपीएफलाई पराजित गर्दै एनआरटी शीर्ष पाँचमा उक्लन चाहन्छ ।

    images

    दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस ५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा छ । फ्रेन्ड्सलाई हराएर पुलिस अंक तालिका सुधार्ने योजनामा छ । 

    फ्रेन्ड्स ५ खेलमा २ अंक जोडेर पुछारमा  छ । पुलिसलाई हराएर फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ ।