पुस ९ काठमाडौं । बंगलादेशमा सम्पन्न साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाएको नेपाली महिला टोली आज स्वदेश फर्कने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार यू-१९ टोली साँझ ५:४० मा नेपाल आईपुग्ने जनाएको छ । च्याम्पियनसिपमा नेपाल तेस्रो भएको थियो । फाइनल पुग्न असफल नेपालले फेयर प्ले अवार्ड जितेको थियो ।
च्याम्पियनसिपको उपाधि भने आयोजक बंगलादेशले जितेको थियो । फाइनलमा भारतलाई १-० गोल अन्तरले पराजित गर्दै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।


