आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : एपीएफ र एनआरटीले अंक बाँडे

एक्सप्रेस पाना
पौष ९, २०७८ शुक्रबार
  • 476
    SHARES
  • ए डिभिजन लिग : एपीएफ र एनआरटीले अंक बाँडे

    पुस ९ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगकै सर्वाधिक ६ गोल निस्किएको खेलमा विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लब र न्युरोड टिम एनआरटीले अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

    images

    खेलमा एपीएफका लागि आशिष लामा, दिपेश धिमाल र नवीन लामाले १/१ गोल गरे । एनआरटीको लागि दर्शन गुरुङले २ गोल गर्दा मेसौके ओलोमोउले १ गोल गरे । 

    सुरुवाती अग्रता बनाएको एनआरटी दोस्रो पटकसमेत अग्रता बनाउँदा जितबाट बन्चित भयो । उक्त बराबरी सँगै ७ अंक जोडेको एनआरटी छैठौं स्थानमा छ । पाँच अंक बनाएको एपीएफ ११औं स्थानमा यथावत छ । 

    images

    यस्तै अहिले साँझ पौने ५ बजे हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस ५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा छ । फ्रेन्ड्सलाई हराएर पुलिस अंक तालिका सुधार्ने योजनामा छ । फ्रेन्ड्स ५ खेलमा २ अंक जोडेर पुछारमा छ । पुलिसलाई हराएर फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।