आइतबार, भाद्र २८ गते २०८३
images

पुलिस र फ्रेण्ड्सले अंक बाढे

एक्सप्रेस पाना
पौष ९, २०७८ शुक्रबार
  • 416
    SHARES
  • पुलिस र फ्रेण्ड्सले अंक बाढे

    पुस ९ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लबले अंक बाढेका छन् । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार भएको दोस्रो खेलमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसकेपछि गोलरहित बराबर खेल्दै अंक बाढेका हुन् । 

    उक्त बराबरपछि पुलिस ६ अंक सहित आठौं स्थानमा उक्लिएको छ । यता फ्रेन्ड्स भने ३ अंकसहित पुछार तथा रेलिगेसन जोनमै रहेको छ । 

    images

    आजनै भएको पहिलो खेलमा  एपीएफ र एन आर टीले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ । जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा छ ।