काठमाडौँ, १६ साउन शनिबार बिहान काठमाडौंमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले सबैलाई खोपको व्यवस्था गर्न सरकारले विशेष तयारी गर्नुपर्ने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नागरिकलाई खोप उपलब्ध गराउने बताइसकेकाले सोहीअनुसार काम थाल्न सिंहको आग्रह थियो ।कोरोना संक्रमणको तेस्रो लहरको जोखिम उच्च छ । यस्तो बेला सरकारले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई व्यवस्था गर्नुपर्छ, सिंहले भने, ‘प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले सम्पूर्ण नागरिकलाई खोप उपलब्ध गराउने बताइसक्नु भएको छ । विश्वास गरौं काम पनि त्यसै अनुसार हुनेछ ।’

