आइतबार, भाद्र २८ गते २०८३
images

उज्वेकिस्तानमाथि नेपालको प्रभावसाली जित

एक्सप्रेस पाना
पौष ९, २०७८ शुक्रबार
  • 577
    SHARES
  • उज्वेकिस्तानमाथि नेपालको प्रभावसाली जित

    पुस ९ काठमाडौं । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पुरुष भलिबल टोलीले उज्जेवकिस्तानमाथि प्रभावशाली जित निकालेको छ ।

    images

    बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा उज्वेकिस्तानविरुद्ध टोलीले ३-१ को जित हात पारेको हो ।

    सुरुवाती पहिलो सेट १८-२५ ले गुमाएपनि नेपाली टोलीले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५-२१ ले सेट आफ्नो पक्षमा पार्यो । उज्वेकिस्तानमाथी हाबी बनेको टोलीले त्यसपछि लगातार तेस्रो सेट २५-२१ र चौथो सेट २५-२३ ले प्रतियोगितामा पहिलो जितको सुरुवात गर्यो ।

    images

    प्रतियोगितामा बिहीबार आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग निकै फितलो प्रदर्शन गरेको नेपाल सोझो सेटमा पराजित भएको थियो । नेपालले शनिबार तेस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ ।