आइतबार, भाद्र २८ गते २०८३
images

यु-१९ एसिया कप : पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित

एक्सप्रेस पाना
पौष ९, २०७८ शुक्रबार
  • 346
    SHARES
  • यु-१९ एसिया कप : पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित

    पुस ९ काठमाडौं । प्रान्तिक नबिलको उत्कृष्ट प्रदर्शनसँगै बंगलादेशले  एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपाललाई १५४ रनले पराजित गरेको छ ।शुक्रबार भएको पहिलो खेलमा २९७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १४३ रनमै समेटियो । 

    images

    नेपालका गुल्शन झाले सर्वाधिक ३५ रन बनाउँदा विवेक मगरले ३३ रन बनाए । यस्तै विवेक यादवले २६ रनको योगदान दिए । बंगलादेशका तान्जिम हसन सकिब, राकिबुल हसन, एसएम मेहरुब र नैमुर रहमानले समान २-२ विकेट लिए ।

    यश अघि सारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले नेपाललाई जितका लागि २९८ रनको लक्ष्य दिएको थियो । बंगलादेशका  प्रान्तिक नबिलले अविजित रहँदै १ सय २७ रनको शतकीय इनिङ्स खेलेपछि ५० ओभरमा ४ विकेट गुमाउँदै २९७ रन बनायो ।

    images

    यस्तै मोहमद फाहिमले ५८ रनको अर्धशतकीय पाली खेल्दा एच मोल्लहले २२ रनको योगदान बनाए । नेपालका गुलशन झा,तिलक राज भण्डारी र मोहमद आदील आलमले १/१ विकेट लिए ।

    नेपाली टिम :  देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दीपेश कँडेल, विवेक यादव,गुलशन झा,विवेक राना मगर,सन्तोष कार्की, आदील अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद, राहुल भण्डारी मुख्य प्रशिक्षक - वसन्त शाही