पुस १० काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत छैटौं चरणको खेलमा हिमालय शेर्पाले च्यासल युथ क्लबमाथि सहज जित निकालेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल आइस हिमालय शेर्पाले क्लबले च्यासमाथि ३-१ गोलको जित निकालेको हो । शेर्पाको जितमा मुटम्बा पिस्टनले २ तथा सुरेश कुमालले एक गोल गरे । यता च्यासलका रुमेश बर्तौलाले एक गोल फर्काए ।
पहिलो हाफमा १-० गोलको अग्रता बनाएको शेर्पाले दोस्रो हाफमा थप २ गोल गर्दा १ गोल व्यहोर्नुपरेको थियो ।
उक्त जितसँगै शेर्पाले ६ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । यता पराजित च्यासल भने समान खेलबाट ४ अंकसहित पुछारबाट माथि रेलिगेशन जोनमा रहेको छ ।


