पुस १० काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत छैटौं चरणको खेलमा मनाङ पराजित भएको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो खेलमा नेपाल आयल निगम मनाङ मर्स्याङदी फुटबल क्लब मछिन्द्र फुटबल क्लब सँग १-० गोलले स्तब्ध भएको हो ।
मछिन्द्रको जितमा खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा सुनिल बलले फ्रिकिकमा सानदार गोल गरि खेलमा १-० गोलको रोमाञ्चक जित निकालेको हो । त्यसअघि खेलमा दुबै टोलीले केही राम्रो अवसर पाएता पनि गोल भने गर्न सकेनन् ।
उक्त जितसँगै मछिन्द्र मनाङलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्रको ६ खेलबाट १४ अंक पुगेको छ । त्यस्तै यता पराजित मनाङको १३ अंकसहित दोस्रो स्थानमा झरेको छ ।


