आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : संकटा र बीबीसी तथा थ्रीस्टार र आर्मी भिड्दै

एक्सप्रेस पाना
पौष ११, २०७८ आइतबार
  • 626
    SHARES
  • ए डिभिजन लिग : संकटा र बीबीसी तथा थ्रीस्टार र आर्मी भिड्दै

    पुस ११ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत छैटौ चरणको तेस्रो दिन आज दुई खेल आयोजना हुँदैछन् । आइतबार दशरथ रंगशालामा हुने दुईमध्ये एक खेल १ बजे र अर्को साझ पौने ५ बजे सुरु हुनेछ ।

    images

    पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिड्नेछन् । जारी लिगमा संकटा ५ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा  छ । बीबीसी ५ खेलमा ५ अंक जोडेर १० औं स्थानमा छ । छैटौै चरणमा बीबीसीलाई पराजित गर्न सके संकटा शीर्ष तीनमा उक्लने छ । यता, बीबीसी पनि युवा खेलाडीको साथमा संकटालाई रोक्ने योजनामा हुनेछ । 

    दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एएफसी छनोटबाट बाहिर रहेको आर्मी थ्रीस्टारलाई हराउँदै लिग उपाधि दाबेदारी यथावत राख्न चाहन्छ । यता, खराब लयमा रहेको थ्रीस्टार सुधारिएको खेल प्रदर्शन गर्ने योजनामा छ । 

    images

    आर्मी ५ खेलमा ९ अंक जोडेर तेस्रो स्थानमा छ । थ्री स्टार ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ । शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब शीर्षस्थानमा उक्लिएको छ ।