शुक्रबार, भाद्र २६ गते २०८३
images

जसपा संसदीय दलको बैठक सिंहदरबारमा जारी 

एक्सप्रेस पाना
श्रावण १६, २०७८ शनिबार
  • 275
    SHARES
  • जसपा संसदीय दलको बैठक सिंहदरबारमा जारी 

    काठमाडौँ । आन्तरिक विवादका कारण ढिला भएको  जनता समाजवादी पार्टी जसपाको संसदीय दलको बैठक आज  सिंहदरबारमा सुरु भएको छ। संसदीय दलको कार्यालयमा जारी बैठकले आज संसदीय दलको नेता चयन गर्ने बताइएको छ।

    images

    बिहान ११ बजे बोलाइएको बैठक अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पुग्न ढिला भएपछि केही अबेर सुरु भएको हो। निर्वाचन आयोगबाट जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गर्न लागिएको हो।

    बैठकले नेता, उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने तयारी रहेको जसपाका एक नेताले जानकारी दिए। यसअघि संसदीय दलको बैठकले पारित गरेको विधान केन्द्रीय कार्यकारिणी समितिले अनुमोदन गरेको थियो। दलको विधान पारित भएसँगै जसपालाई संसदीय दलको नेता चयन गर्ने बाटो खुलेको हो ।

    images

    कुल ३४ सांसद रहेको जसपामा रेसम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। बाँकी ३२ जनामध्ये राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिलकुमार झा, निर्जला राउत, विमल श्रीवास्तव, चन्दा चौधरी, उमाशंकर अरगरिया, शेखर सिंह, एकबाल मियाँलगायतका सांसदहरू महन्थ ठाकुर पक्षमा छन्।

    निर्वाचन समिति गठन गरिए पनि सहमतिबाटै संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकलगायत चयन गर्ने तयारी रहेको जसपा स्रोतले जनाएको छ। संसदीय दलका नेता चयन भएसँगै जसपा सरकारमा सहभागी हुने बताइएको छ।