पुस ११ काठमाडौं । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत आज भएको खेलमा लगातार चौथो जित हासिल गर्दै एक खेल अगावै फाईनल प्रवेश गरेको छ ।
नेपालको महिला टोलीले सानदार जित हात पार्ने क्रममा उज्वेकस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले २५-२०,२५-२३ र २५-१४ ले तिन सेट जितेको थियो।


