आइतबार, भाद्र २८ गते २०८३
images

बीबीसीमाथि सानदार जित निकाल्दै संकटा तेस्रो स्थानमा

एक्सप्रेस पाना
पौष ११, २०७८ आइतबार
  • 390
    SHARES
  • बीबीसीमाथि सानदार जित निकाल्दै संकटा तेस्रो स्थानमा

    पुस ११ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत छैटौं चरणको खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरद्ध ३-० को सहज जितसहित संकटा तेस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा संकटाको सहज जितमा उत्तम राईले दुई गोल गर्दा लक्ष्मण रुचालले एक गोल गरे ।

    images

    १२औँ मिनेटमा उत्तम राईको गोलमा संकटाले अग्रता लियो । २८औँ मिनेटमा उत्तमले संकटाको अग्रता दोब्बर पारे । त्यसको १० मिनेटपछि लक्ष्मण रुचालले बललाई पोस्टको दिशा दिँदै संकटाको अग्रता ३-० मा पुर्याएका थिए ।

    उक्त जितसँगै ६ खेलमा १२ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लिएको छ । बिबीसी भने समान खेलमा पाँच अंकसहित १०औँ स्थानमा छ । आजै हुने दोस्रो खेलमा थ्री स्टार र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    images