पुस ११ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा २०७८ अन्तर्गत आइतबार भएको दोस्रो खेलमा रुसलाई थ्री स्टार फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न भएको खेलमा दुबै टोलीले केही राम्रो अवसर सिर्जना गरेता पनि गोल भने गर्ने सकेनन् ।
उक्त बराबरीसँगै जारी लिगमा ६ खेलबाट १० अंक जोड्दै आर्मी चौथो स्थानमा उक्लिएको छ । यता समान खेलबाट ७ अंकसहित थ्री स्टार सातौं स्थानमा रहेको छ ।
दशरथ रंगशालामा जारी खेलमा थ्री स्टारमाथि निरन्तर दबाब बनाएको विभागीय टोलीले फिनिसिङमा चुक्दा अग्रता बनाउन सकेन । खेलको म्यान अफ दि म्याच आर्मीका जगदीश श्रेष्ठ घोषित भए ।


