आइतबार, भाद्र २८ गते २०८३
images

महिला भलिबल टोली कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै

एक्सप्रेस पाना
पौष १२, २०७८ सोमबार
  • 258
    SHARES
  • महिला भलिबल टोली कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै

    पुस १२ काठमाडौं । बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा सोमबार नेपाली महिला टोली कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । सहिद सुरावर्दी कर्भडहलमा हुने दिनको दोस्रो खेल बिहान सवा ११ बजे सुरु हुनेछ । 

    images

    फाइनलको यात्रामा रहेको नेपालले आइतबार प्रतियोगितामा अपराजित उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो । 

    दिनप्रतिदिन टोलीको प्रदर्शनमा सुधार भइरहेको र फाइनलमा आफूहरुले सतप्रतिशत दिनेमा कप्तान अरुणा शाही विश्वस्त छिन् । ‘दिनप्रतिदिन हाम्रो प्रदर्शन राम्रो भइरहेको छ । सुधार भइरहेका छन् । फाइनलमा योभन्दा पनि बढी गर्नुपर्छ । प्रतिस्पर्धी टोली राम्रा छन्,’ अरुणाले भनिन् । 

    images

    साविक विजेता टोली प्रतियोगितामा अपराजित रहँदै ११अंकका साथ शीर्ष स्थानमा छ । यस्तै समान चार खेलमा श्रीलंका १० अंकका साथ दोस्रो र नौ अंक जोडेको उज्वेकिस्तान तेस्रो स्थानमा छ । कीर्गिस्तानले भने ३ अंक मात्र छ । नेपालले उपाधिका लागि श्रीलंका र उज्वेकिस्तान मध्ये एकसँग खेल्नेछ ।