काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो बोली अनुसार नचलेको बताएका छन्। शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले सरकारले भने अनुसारले काम नगरेको बताएका हुन्।
देउवा सरकारले नसकिने काम गर्छु भन्नु नहुने बताउँदै खोप प्राथमिकता भएको वाचा गरेकाले सबैलाई खोप र्पुयाउन आग्रह गरे। नेपालले देउवालाई गठबन्धनको भावना अनुसार काम गर्न पनि आग्रह गरे। नेपालले देउवालाई इमान्दार बन्न सुझाव समेत दिए।


