आइतबार, भाद्र २८ गते २०८३
images

ए डिभिजन लिग : सातादोबाटो र जावलाखेल भिड्दै 

एक्सप्रेस पाना
पौष १२, २०७८ सोमबार
  • 464
    SHARES
  • ए डिभिजन लिग : सातादोबाटो र जावलाखेल भिड्दै 

    पुस १२ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत आज सोमबार छैटौं चरणको अन्तिम खेलमा ललितपुरका दुई क्लब सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब बिच प्रतिस्पर्धा हुँदैछ ।

    images

    आज हुने उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजेबाट सुरु हुनेछ । दुबै टोली एक अर्कोमाथि सहज जितको खोजीमा रहेका छन् । जारी लिमा ५ खेलबाट ८ अंक जोड्दै सातदोबाटो पाँचौं स्थानमा रहेको छ । भने समान खेलबाट जावलाखेल ४ अंकसहित पुछारबाट तेस्रो स्थानमा रहेको छ । 

    आजको खेलमा सातदोबाटो सहज जित निकादै चौथो स्थानमा उक्लने योजनामा रहेको छ । भने जावलाखेल पनि जित निकाल्दै सातौं स्थनामा उक्लने योजनामा रहेको छ । 

    images