आइतबार, भाद्र २८ गते २०८३
images

चौतारा हाफ म्याराथन २४ पुसमा

एक्सप्रेस पाना
पौष १२, २०७८ सोमबार
  • 267
    SHARES
  • चौतारा हाफ म्याराथन २४ पुसमा

    पुस १२ चौतारा । सिन्धुपाल्चोकको चौतारमा पहिलो पटक चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुला हाफ म्याराथन हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा २४ पुसमा पाँच विधामा हाफ म्याराथन हुन लागेको हो । 

    images

    प्रतियोगितामा पुरुष र महिला तथा ४० देखि ५५ बर्ष सम्मको भेट्रान्स पुरुष, महिला  र ५५ बर्षमाथिका ‘सुपर भेट्रान्स’ हुनेछ । आयोजकले पत्रकार सम्मेलनमार्फत भेट्रान्सतर्फको सबै इभेन्ट १५ किलोमिटरमा हुने बताएका छ । 

    हाफ म्याराथनको महिला तथा पुरुष विजेताले ४४ हजार चार सय ४४ तथा उपविजेता पुरुष तथा महिलाले समान २२ हजार दुई सय २२ पाउने छन् । प्रतियोगिता साँगाचोकगढीबाट सुरु भइ जल्केनी, इर्खु, मेलचौर, चौतार हुँदै टुडिखेल पुगेर टुंगिनेछ ।

    images