आइतबार, भाद्र २८ गते २०८३
images

सातदोबाटोमाथि जावलाखेलको सहज जित

एक्सप्रेस पाना
पौष १२, २०७८ सोमबार
  • 496
    SHARES
  • सातदोबाटोमाथि जावलाखेलको सहज जित

    पुस १२ काठमाडौं । जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ अन्तर्गत छैटौं चरणको अन्तिम खेलमा जावलाखेल विजयी भएको छ ।

    images

    सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले सातदोबाटोमाथि २-० गोलको सहज जित निकालेको हो ।

    निकै प्रतिस्पर्धात्मक बनेको पहिलो गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा सातदोबाटोको जितमा विपिन कँडेल र निकोलस फर्नान्डेसले १/१ गोल गरे । खेलको ५०औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७०औं मिनेटमा निकोलसले गोल गर्दै जावलाखेललाई २-० को जित दिलाए ।

    images

    उक्त जितसँगै जावलाखेलले ६ खेलमा ७ अंक जोडेको छ । सातदोबाटोले ६ खेलमा ८ अंक जोडेको छ । त्यस्तै खेलको म्यान अफ दि म्याच जावलाखेलमा ओन्गुना जुनियर चुनिए । जावलाखेलकै रुप बहादुर लामा इमर्जिङ प्लेयर बने ।