शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रधानमन्त्री देउवा र प्रचण्ड बिच भेटवार्ता 

एक्सप्रेस पाना
श्रावण १६, २०७८ शनिबार
  • 523
    SHARES
  • प्रधानमन्त्री देउवा र प्रचण्ड बिच भेटवार्ता 

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ। शनिवार बिहान देउवासँगको भेटवार्ताका लागि माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए। मन्त्रिपरिषद् विस्तारबारे देउवा र प्रचण्डबीच छलफल भएको स्रोतको भनाइ छ।

    images

    छलफलमा मन्त्रालय बाँडफाँडको बारेमा गठबन्धनका अन्य नेताहरूसँग पनि कुराकानी गर्ने समझदारी भएको छ। प्रचण्डले यसबीचमा जसपा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका छन्। सरकारको बहुमत सुरक्षित गर्न र गठबन्धन जोगाउनका लागि माधव नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउने प्रयास जारी छ।

    प्रधानमन्त्री बनेको लामो समय बितिसक्दा देउवाले सरकारलाई पूर्णता दिन सकेका छैनन्। मन्त्रिमण्डलमा देउवासहित काँग्रेसका चार र माओवादी केन्द्रका दुई मन्त्री रहेका छन्। जनता समाजवादी पार्टीको विवाद टुंगिएकोले चाँडै सरकार विस्तार गर्नुपर्ने दबाब गठबन्धनमा देउवालाई छ। तर नेकपा एमालेका वरिष्ठ नेता नेपाल पक्ष सरकारमा जाने नजाने अन्तिम निर्णय नभइसकेका कारण मन्त्रालय भागबन्डा मिलाउन देउवालाई सकस परिरहेको छ।

    images

    देउवाले आफ्नै पार्टी भित्रबाट पनि क-कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन सकेका छैनन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले ४ जना मन्त्री मागेपछि देउवाले उनीहरु पक्षबाट तीन जना मन्त्री बनाउने तयारी गरेको उनी निकट स्रोत बताउँछ।