आइतबार, भाद्र २८ गते २०८३
images

सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु

एक्सप्रेस पाना
पौष १२, २०७८ सोमबार
  • 253
    SHARES
  • सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु

    पुस १२ काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पौष १२ गते देखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप २०७८’ खेलकुद प्रतियोगिता सुरु भएको छ ।

    images

    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका वीच उक्त प्रतियोगिता शुभारम्भ भएको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले फुटबलका राष्ट्रिय रेफ्री सशस्त्र प्रहरी सहायक मधुकर आचार्यलाई खेलकुद सामाग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो ।

    DSC_4979.JPG

    images

    सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, विभिन्न खेलकुद विधाका खेलाडीहरु तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता यही पौष १४ गतेसम्म नेपाल एपीएफ रंगशालामा संचालन हुनेछ ।

    फुटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप २०७८’मा १८ जना महिलासहित कूल ३ सय ५१ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

    DSC_5448.JPG

    उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुका एक–एक टिम गरी कूल नौ वटा टिमको सहभागिता रहेको छ ।