एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल म्यान्चेस्टर युनाइटेड घरेलु टोली न्युकासल युनाइटेडसँग बराबरीमा रोकिएको छ ।
सोमबार राति भएको खेलमा पाहुना टोली युनाइटेड घरेलुु टोली न्युक्यासलसँग १-१ गोलको बराबरीमा रोकिदै हारबाट जोगिएको हो ।
बैकल्पिक खेलाडी इडिन्सन काभानीको गोलसँगै म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको हो । खेलको सातौँ मिनेटमा एलान सेन्ट म्याक्सिमिनले गरेको गोलसँगै घरेलु टोली न्युक्यासलले अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुवातमै मैदान प्रवेश गरेका काभानीले ७१औं मिनेटमा गरेको गोलसँगै युनाइटेडले हार टारेको हो ।
उक्त बराबरीसँग युनाइटेड पाँचौ स्थानमा उक्लने अवसर गुमाएको छ । १७ खेल खेलेको युनाइटेड २८ अंकसहित साँतौ स्थानमा छ । न्युक्यासल भने १९ खेलबाट ११ अंकसहित रेलिगेशन जोनमा छ ।


