शुक्रबार, भाद्र २६ गते २०८३
images

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

एक्सप्रेस पाना
श्रावण १६, २०७८ शनिबार
  • 407
    SHARES
  • जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो।

    images

    पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो।

    बैठकमा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन्।बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो।

    images