आइतबार, भाद्र २८ गते २०८३
images

कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

एक्सप्रेस पाना
पौष १३, २०७८ मंगलबार
  • 440
    SHARES
  • कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

    पुस १३ काठमाडौं । एक खेल अगाडि यु-१९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

    images

    यूएईस्थित आईसीसी एकेडेमीको मैदानमा सुरु भएको खेलमा नेपाल पहिलो जितको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना जित निकाल्ने दाउमा छ ।

    कुवेतसमेत प्रतियोगितामा जितविहीन छ। कुवेत पनि सान्त्वना जित निकाल्ने दाउमा छ । यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो । यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ।

    images