आइतबार, भाद्र २८ गते २०८३
images

एभीसी भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल लगातार दोस्रोपटक च्याम्पियन

एक्सप्रेस पाना
पौष १३, २०७८ मंगलबार
  • 287
    SHARES
  • एभीसी भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल लगातार दोस्रोपटक च्याम्पियन

    पुस १३ काठमाडौं । बंगलादेशको ढाकामा जारी एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको नेपाली राष्ट्रिय महिला भलिबल टोली जितेको छ ।

    images

    केहि समय अघि सम्पन्न खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको हो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा नेपालले उज्बेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २५–२२ र १५–११ ले जित निकालेको हो।

    यो सँगै नेपालले लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । नेपालले यस प्रतियोगितामा श्रीलंकासँग ३–२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो । 

    images

    पाँच खेलमा १४ अंकसहित नेपाल शीर्ष स्थानमा रह्यो । यस्तै उज्वेकिस्तान १२ अंकका साथ दोस्रो स्थानमा छ । लिग चरणमा उज्वेकिस्तानसँग सोझो सेटमा जित निकालेको नेपाली टोली फाइनलमा स्वर्ण पदकको लागि निकै संघष गर्नुे पर्यो ।

    जारी प्रतियोगितामा नेपाल अपराजित रहेदै च्याम्पियन बनेको हो । नेपाल सेन्ट्रल जोन भलिबलमा गत संस्करण देखि नै अपराजित रहेको छ।

    पुरुषतर्फ नेपालले तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल केही समय पछि सुरु हुनेछ ।
    राउण्ड रोबिनको लिग चरणमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो ।