आइतबार, भाद्र २८ गते २०८३
images

नेपालले मौरिसससँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने

एक्सप्रेस पाना
पौष १३, २०७८ मंगलबार
  • 335
    SHARES
  • नेपालले मौरिसससँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने

    पुस १३ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले माघ तेस्रो साता मौरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । 

    images

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले १५ र १८ माघमा  मौरिससविरुद्ध त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्न  जनाएको हो । 

    फिफाको अन्तर्राष्ट्रिय विश्राम दौरान मैत्रीपूर्ण खेलको आयोजना हुनलागेको एन्फाले जनाएको छ । पछिल्लो पटक नेपालले दशरथ रंगशालामा साउनमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

    images

    नेपालले असोज अन्तिममा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा भारतलाई नतिजा सुम्पिएपछि उपविजेतामा सीमित भएको थियो । नेपाल साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको यो नै पहिलो पटक थियो ।