आइतबार, भाद्र २८ गते २०८३
images

सलाह पेनाल्टीमा चुक्दा लिभरपुल लेस्टरसँग स्तब्ध

एक्सप्रेस पाना
पौष १४, २०७८ बुधबार
  • 687
    SHARES
  • सलाह पेनाल्टीमा चुक्दा लिभरपुल लेस्टरसँग स्तब्ध

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको लिभरपुर स्तब्ध बनेको छ । मंगलबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग १-० ले पराजित भएसँगै लिभरपुलले हार व्यहाेरेकाे हाे ।

    images

    खेलकाे ५९औं मिनेटमा एडेमोला लुकम्यानकाे गोलबाट सिटीले अग्रता बनाएको थियो । त्यसअघि खेलको १६औं मिनेटमा पाहुना टोली लिभरपुलले पेनाल्टीको अवसर पाएको थियोे । तर उक्त पेनाल्टी महोमद सलाह चुकेका थिए ।

    त्यसपछि बाँकी समय गोल हुन नसक्दा सिटी १-० गोलले विजयी भयो । यो सँगै शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई फाइदा पुगेको छ । उसले लिगमम ६ अंकको अग्रता बनाएको छ । 

    images

    यता पराजित लिभरपुल १९ खेलबाट ४१ अंकका साथ दोस्रो स्थानमा छ । लेस्टर सिटी भने १८ खेलबाट २५ अंकका साथ तालिकाको नवौं स्थानमा रहको छ ।अन्य खेलमा बेस्ट ह्याम युनाइटेडले वाटफोर्डमाथि ४–१ गोल अन्तर, नर्विच सिटीले क्रिष्टल प्यालेससँग ३–० गोल अन्तरले पराजित गर्दा साउथह्याम्पटन र टोटनह्यामले  १–१ गोलको बराबरी खेले ।