एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गर्दै आठ अंकको अग्रता बनाएको छ ।
बुधबार राति पाहुना टोली सिटीका लागि फिल फोडेनले १६औं मिनेटमा निर्णायक गोल गरेपछि सिटीले १६औं जित निकालेको हो । खेलको ८८औं मिनेटमा सिटीका लोपार्टोले गोल गरेपनी भारले त्यसलाई मान्यता दिएन ।
गय राति नै भएको अर्को खेलमा दोस्रो स्थानको चेल्सी ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । रोमेलु लुकाकुले २८औं मिनेटमा गोल गर्दै अग्रता बनाएपनी ब्राइटनका ड्यानी वेलब्याकले खेलको इन्जुरी समयमा गोल गर्दै हार टारे ।
उक्त जितसँगै सिटीले २० खेलबाट ५० अंक बनाएको छ । दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको लिभरपुल ४१ अंक सहित तेस्रो स्थानमा छ ।


