आइतबार, भाद्र २८ गते २०८३
images

राष्ट्रिय महिला लिग १५ माघबाट

एक्सप्रेस पाना
पौष १५, २०७८ बिहीबार
  • 518
    SHARES
  • राष्ट्रिय महिला लिग १५ माघबाट

    पुस १५ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले  १५ माघबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराए । 

    images

    यसपटक एन्फाले महिला लिगमा आठ क्लब सहभागी हुने जनाएको छ । गत वर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच लिग हुने खड्काले बताए । 

    लिगमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका छन् । 

    images

    गत जेठमा सम्मन्न लिगमा एन्फाले सहभागी टोलीलाई चार विदेशी खेलाडी खेलाउने पाउने नियम बनाएको थियो । फागुनमा समापन भएको लिगमा एपीएफले १० अंकको अग्रतासहित उपाधि कब्जा गरेको थियो ।