आइतबार, भाद्र २८ गते २०८३
images

रोनाल्डो चम्किँदा बर्नलीमाथि युनाइटेडको सहज जित

एक्सप्रेस पाना
पौष १६, २०७८ शुक्रबार
  • 1.2K
    SHARES
  • रोनाल्डो चम्किँदा बर्नलीमाथि युनाइटेडको सहज जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्ष २०२१ को अन्तिम खेलमा म्यान्चेस्टर युनाइटेडले बर्नलीमाथि सहज जित निकालेको छ ।

    images

    शुक्रबार बिहान सम्पन्न २०औं साताको खेलमा घरेलु टोली युनाइटेडले पाहुना टोली बर्लनीमाथि ३-१ गोलको सहज जित निकालेको हो ।

    युनाइटेडको जितमा सुपरस्टार फरवार्ड रोनाल्डोको उत्कृष्ट प्रदर्शन रह्यो । उनले १ गोल गरे भने एक गोलका लागि पास उपलब्ध गराए । त्यस्तै अर्को गोल भने युनाइटेडले उपहार पाएकाे थियो । यता घरेलु टोलीका लागि आरोन लेनन सान्त्वना गोल फर्काए । उक्त सबै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

    images

    उक्त जितसँगै युनाइटेड १८ खेलबाट ३१ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । भने बर्नली १६ खेलबाट ११ अंकसहि पुछारबाट तेस्रो स्थानमा रहेको छ ।